चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक ( भिडियो सहित )

फिल्मी फण्डा । अगामी कार्तिक ३० देखि  रिलिजको तयारीमा रहेको चलचित्र ´ ह्रस्व दिर्घ  ` को विहिवार टिजर सार्वजनिक गरिएको छ । यस अघि फिल्मका कलाकारहरुको क्यारेक्टर लूक्स र पहिलो गीत सार्वजनिक गरेर चर्चामा रहेको फिल्मको अब भने टिजर रिलिज रिलिज गरिएको हो।  सार्वजनिक २ मिनेट लामो टिजरमा फिल्मका सबै मुख्य पात्रहरुलाई फिचर्ड गरिएको छ। टिजरमा प्रेम, विछोड, रोमान्स, धोका, रेवेंज सबैको समिश्रण देख्न सकिन्छ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा निर्मात्री रहेकी अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ भने यी दुईसंगै , दक्षिण भारतका चर्चित कलाकार व्रह्मानन्दम, अलि वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत नाम चलेका दर्जनबढि कलाकार अभिनयमा छन् ।

सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ । फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । कास्टिङ निर्देशक धनन्जय घलानी रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ । निता फिल्मसको ब्यानरमा फिल्म तयार भएको हो ।

https://m.youtube.com/watch?v=8GOgdNr2LlA

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech