चलचित्र मिसिङ ´ केटि हराएको सुचना ` को पोष्टर सार्वजनिक

फिल्मी फण्डा । नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ को मुख्य भुमिकामा रहेको चलचित्र ´ केटि हराएको सुचना `को पोष्टर सार्वजनिक गरिएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो । फिल्म आगामी कार्तिक ३० गते रिलिज हुँदैछ ।

पोस्टरमा रेलको लिकमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ । कुर्ता सुरुवालमा सजिएकी सृष्टिले शीरमा ह्याट लगाएर कालो ब्याग बोकेकी छन् । उनले सेतो रंगको जुत्तासमेत लगाएकी छन् ।

त्यस्तै सर्ट र पेन्टको गेटअपमा देखिएका नाजिरले शीरमा ह्याट लगाएका छन् भने जुत्ता पनि सेतै रंगको छ । पृष्ठभूमिमा फिल्मका अर्का कलाकार दुरा सञ्जय गुप्ता रातो रंगको हिरो होण्डा मोटरसाइकलमा छन् । कालो चस्मा लगाएर काँधमा गाम्छा भिरेका सञ्जयले पान खाएको देख्न सकिन्छ । सञ्जयको पछाडि जनकपुर-जयनगर रुटमा चल्ने रेललाई राखिएको छ । कलाकार र रेलको पृष्ठभूमिमा पहाड र तराईको दृश्य छ । पोस्टर आशिस सापकोटाले डिजाइन गरेका हुन् ।

यो फिल्ममा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ । फिल्ममा नाजिर, सृष्टि र सञ्जयसँगै रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कणर्को अभिनय छ । फिल्ममा अमितेष शाहको विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech