फिल्मी फण्डा ।
अगामी असोज २४ अर्थात फुलपाती बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पन्जा५’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा फिल्मको कमेडी, राजनीतिक विषयवस्तु र पारिवारिक कथावस्तु समावेश गरिएको ट्रेलर रिलिज गरिएको हो । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको चलचित्र हो । चलचित्र रिलिज ६ दिन अगाडि ट्रेलर सार्वजनिक गरिएको हो ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश वुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेस खनाल, हिउँवाला गौतम, नविन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखक र निर्मल शर्माको अभिनय रहेको छ ।
दीपकराज गिरीको कथा र पटकथा रहेको फिल्ममा दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको संवाद छ । केदार प्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा केशव न्यौपाने र दीपेन्द्र खनियाँ निर्माताको रुपमा छन् ।
हरि हुमागाँइको डीओपी रहेको फिल्ममा उत्तम हुमागाँइको छायांकन छ । फिल्ममा विपिन मल्लको सम्पादन छ । गम्भीर बिष्ट र सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको फिल्ममा शम्भुजित बास्कोटा, दीपक शर्मा र बाबुल गिरिको संगीत छ ।
https://youtu.be/_hBsVHlNOtA?si=V6qs3piSsfFUlH3i