फिल्मी फण्डा । आफ्नो फेसनले मेटगालामा सबैलाई मोहित तुल्याएपछि बलिउड अभिनेत्री आलिया भट्टले फेरि एकपटक विश्व मञ्चमा सौन्दर्य छरेकी छन् ।
उनले प्रतिष्ठित पेरिस फेसन सप्ताहको यो संस्करणमा डेब्यु गरेकी छन् । पेरिस फेसन वीकमा सोमबार उनले मेटालिक सिल्भर फिटको पहिरन लगाएर यो फेसन मेलामा आफूलाई प्रस्तुत गरेकी हुन् ।
आलिया केन्डल जेनर, कारा डोलिभिङ र अन्य चर्चित मोडलसँग र्याम्पमा देखा परिन् । उनी पेरिसको प्लेस डे ल’ ओपेरामा ‘वाक योर वर्थ’ कार्यक्रममा हिंडेकी हुन् ।
आलिया ऐश्वर्या राय बच्चन, अजा नाओमी किङ, सिन्डी ब्रुना, कारा डेलेभिङ्ने, केन्डल जेनर, लुमा ग्रोथे र अन्यसँगै र्याम्पमा देखा परिन् । उनीहरुले हातमा गुलाब बोकेका थिए ।
उनले गौरव गुप्ताद्वारा डिजाइन गरिएको कालो अफ(सोल्डर जम्पसुटसँग जोडिएको धातुको चाँदीको ब्रेस्टप्लेट लगाएकी थिइन् । अभिनेत्रीको मेकअप उत्कृष्ट थियो भने भिजेको कपालले पूर्ण आकार प्राप्त गरेको थियो ।