फिल्मी फण्डा । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्न लागेका हुन् ।
सरोज ओलीको निर्माण रहने फिल्म बुधबार चलचित्र विकास बोर्डमा दर्ता भएको छ । फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् ।
फिल्म निर्माणमा भने ओली पहिलो पटक होमिन लागेका हुन् ।