फिल्मी फण्डा । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले सोमबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । आइतबार संचार तथा सूचना प्रविधि मन्त्रालय पुगेर उनले नियुक्ति पत्र बुझे ।
सो क्रममा मन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यक्ष डीसीलाई बधाई तथा शुभकामना दिए । लगत्तै, उनले एमाले महासचिव शंकर पोखरेललाई पनि भेटेका थिए ।डीसीले उक्त एक दिन मात्र शुभकामना र बधाई ग्रहण गर्ने भएका छन् ।
बोर्डको हलमा ११ देखि २ बजेसम्म शुभकामना लिने कार्यक्रम आयोजना गरिएको छ । डीसीलाई गत विहिबारको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।