मृत्युको हल्ला फैलिएपछि कलाकार अधिकारीले भने-घरमै छु

फिल्मी फण्डा। कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ ले आफू सकुशल रहेको बताएका छन् । बिहानैदेखि सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि उनले आफू सकुशल रहेको बताएका हुन् ।

‘बाहिर मेरो मृत्युको हल्ला पो फैलिएछ’, अधिकारीले  भने, ‘म घरमै सकुशल छु ।’‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको तस्बिर राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयुमा वृद्धि गर्‍यो’ उनले थपे।

अधिकारीको शनिवार बिहानैदेखि सामाजिक सञ्जाल लगायतमा मृत्युको हल्ला फैलिएको हो ।

अधिकारी पछिल्लो समय अभिनयमा ‘काजी साप’ को रूपमा परिचित छन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’ बाट पाएका हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech