अनमोल केसीको ‘जेरीः अन टप’मा जोडिए साईग्रेस

फिल्मी फण्डा । कथा वाचकको रूपमा चर्चित साईग्रेस पोखरेल फिल्म ‘जेरीःअन टप’मा जोडिएका छन् । फिल्मको कथा बलियो बनाउने उद्देश्यले निर्माण टिमले उनलाई फिल्ममा जोडेको हो ।

सुयोग गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्मको छायाङ्कन असोजबाट सुरु हुनेछ । फिल्मलाई काठमाडौँ, लुक्ला लगायतका स्थानमा खिचिनेछ । 

अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका रहने फिल्मलाई फागुनको २ गतेबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech