लोकप्रिय कलाकार शिव शङ्कर रिजाल ‘जोगिन्दर’को ‘ठग–ठाग कम्पनी’बजारमा 

फिल्मी फण्डा । लोकप्रिय कलाकार शिव शङ्कर रिजाल ‘जोगिन्दर’ले  ‘गाइजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कमेडी ‘ठग –ठाग कोसेली’ ल्याएका छन् । दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र विकृति विसङ्गतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले उनले ‘ठग –ठाग कोसेली’ ल्याएका हुन् ।

विगत २२ वर्षदेखि नियमित व्यङ्ग्यका कोसेली दिँदै आएका जोगिन्दरको ‘ठग –ठाग कोसेली’ ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिदेखि, फेसन र ग्ल्यामरसम्मलाई उनले ‘ठग –ठाग कोसेली’मा व्यङ्ग्यको मसला बनाएका छन् ।


विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन् ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech