फिल्मी फण्डा । निर्देशक सौरभ चौधरीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, नयाँ फिल्म ‘कर्मा’ निर्माणको घोषणा गरेका हुन् । बसन्त लम्साल यो फिल्मका निर्माता हुन् । आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो फिल्म बन्न लागेको निर्माणपक्षले बताएको छ ।
फिल्मलाई एक्सन, एड्भेन्चर जनरामा निर्माण गरिनेछ । यो फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ ।
फिल्म ‘लभ डायरीज’बाट निर्देशन यात्रा सुरु गरेका सौरभले फिल्म ‘अगस्त्य’बाट चर्चा पाए ।