आमा दिवसको अवसरमा 'गणपति'को कोसेली 'ए मेरी आमा' सार्वजनिक

फिल्मी फण्डा । मातातीर्थ औंसीको पूर्वसन्ध्यामा जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र 'गणपति'को सानो क्लिप सार्वजनिक भएको छ । 'ए मेरी आमा' बोलको छोटो गीत भिडियोमा समावेश छ ।

भिडियो संवादसहित रिलिज गरिएको छ । प्रमुख अभिनेता मुकुन भुषाल र उनकी आमाको चरित्र निर्वाह सुर्यमाला खनालको कथा फिल्ममा छ । यस गीतमा निर्देशक अधिकारीले नै शब्द तथा संगीत रचना गरेका छन् भने प्रविन भेडुवालको स्वर रहेको छ ।

'गणपति'ले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताउँदै  कोहि व्यक्ति कुनैबेला त्यहि समाजको भगवान बनने र उहि व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने यो चलचित्रमा प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए ।

यसमा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

निर्माता लक्ष्मण थापाले यो चलचित्रले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताए । एबिगम्यान फिल्मसको ब्यानरमा थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech