यादव भट्टराईको निर्देशनमा बन्ने फिल्म ‘झिल्को’मा वर्षा शिवाकोटी अनुबन्धित

फिल्मी फण्डा। अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘झिल्को’ मा अनुबन्धित भएकी छिन । ‘काजी’ मा उनी केही अगाडि अनुबन्धित भएकी थिइन् । लक्ष्मण रिलिजको निर्देशन रहने फिल्म फागुनबाट छायांकनमा जाने तयारीमा छ । त्यसअगाडि भने उनले फिल्म ‘झिल्को’ अभिनय गर्ने भएकी हुन् ।

यादव भट्टराईको निर्देशनमा फिल्म बन्न लागेको हो । यादवले यस अगाडि चर्चित फिल्म ‘झोला’ र ‘भोर’ निर्देशन गरेका थिए । सोही कारणले पनि वर्षाले यस फिल्म रोजेकी हुन् । यो फिल्मबाट उनले करियरमा रामै्र फाइदा पुग्ने आश गरेकी छन् ।

फिल्ममा नाट्यकर्मी सुनील पोखरेल र कलाकार विशाल पोखरेलको पनि मुख्य भूमिका रहनेछ । फिल्ममा उनको भूमिका के भन्ने अहिले खुलाइएको छैन । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech