माओत्से गुरुङको फिल्म ‘दयारानी’को  टिजरमा दयाहाङ राई र दीया पुन निःसन्तानको पिडामा(टिजरसहित)

फिल्मी फण्डा । फिल्म ‘दयारानी’को  टिजर सार्वजनिक भएको छ । फिल्म माघ २६ गतेबाट प्रदर्शन तयारीमा रहेको छ ।  टिजरले फिल्मको कथावस्तुको खास खुलासा गरेको छ ।

शीर्ष भूमिकामा दयाहाङ राई र दीया पुनले अभिनय गरेका छन् । फिल्ममा यी दुईले सन्तान सुखको चाहना राख्ने निःसन्तान दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

सात गुरुङ फिल्म निर्देशन गरेका पाका फिल्ममेकर तथा अभिनेता माओत्से गुरुङको यो नेपालीभाषामा पहिलो डेब्यु फिचर हो । 

यो मल्टिस्टारर फिल्ममा विजय बराल, प्रमिस गुरुङ, शिरिष कुँवर, नयन गुरुङ, पुष्कर गुरुङ, टीकाराम घले लगायतको अभिनय छ । बाँसुरी फिल्म्सको प्रस्तुति र माओत्से गुरुङ फिल्म्सको निर्माणमा फिल्म प्रदर्शन हुन लागेको हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech