विशाल भण्डारीको ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’को बोर्ड मेम्बरमा दीपाश्री

फिल्मी फण्डा । विशाल भण्डारीको टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’मा दीपाश्री निरौला बोर्ड मेम्बरको रूपमा भित्रिएकी छन् । कार्यक्रमका निर्माता तथा निर्देशक विशाल भण्डारीले फेसबुकमार्फत दीपाश्री बोर्ड मेम्बरको रूपमा भित्रिएको जानकारी दिएका हुन् ।

बिशालले दीपाश्रीसँगको एक तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘ ‘हुन त हामी दिपाश्री निरौला दिदीसँग व्यावसायिक रूपमा जोडिएका थियौँ । तर साथ, सुख, दुःखको भयो । अबको यात्रा झन् गज्जब हुने आशाको साथ दिदीलाई कमेडी नाइट विद च्याम्पियन्समा स्वागत गर्न पाउँदा टिम अत्यन्त खुसी छौं । यात्रा अझै सुखद हुने विश्वास छ ।’

यसअघि टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । अहिले यो कार्यक्रम बन्द छ । रियालटी शो ‘कमेडी च्याम्पियन सिजन ३’को लागि यो बन्द गरिएको हो । थ्रि प्रोडक्सनको व्यानरमा निर्माण हुने कार्यक्रममा ‘कमेडी क्लब विथ च्याम्पियन्स’ पनि छिट्टै ल्याउने तयारीमा निर्देशक भण्डारी छन् ।

‘कमेडी च्याम्पियन सिजन ३’ भने कान्तिपुर टेलिभिजनमा अगामी फागुन ३ गतेबाट प्रसारणमा आउँदै छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech