उद्योग वाणिज्य महासंघको महाधिवेशनमा वितरक अशोक शर्मा उम्मेदवार बन्ने

फिल्मी फण्डा । चलचित्र निर्माता संघले संस्थाका पूर्वमहासचिव समेत रहेका निर्माता तथा वितरक अशोक शर्मालाई उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा उम्मेदवार बनाउने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले शर्मालाई महासंघको महाधिवेशनमा प्रतिनिधि बनाएर पठाउने निर्णय गरेको हो ।

स्वदेशी चलचित्रको प्रवद्र्धनमा भूमिका योगदान पुयाउने अपेक्षासहित शर्मालाई महासंघमा प्रतिनिधिको रुपमा पठाउने निर्णय भएको अध्यक्ष नवल खड्काले जानकारी दिए । शर्मा यसअघि पनि महासंघको कार्यकारी समिति सदस्य रहिसकेका छन् । आगामी चैत २९ गते नयाँ नेतृत्वका लागि उद्योग वाणिज्य महासंघको चुनाव हुँदैछ ।

शर्माले निर्देशन गरेका फिल्महरु जय भोले र रातो टीका निधारमा पछिल्लो समय रिलिज भएका थिए । साथै उनी वितरण कम्पनी डिजिटल सिनेमा नेपालका प्रबन्ध निर्देशक समेत हुन् । ‘पच्चीस वसन्त’बाट अभिनय सुरु गरेका उनले ३८ भन्दा बढी फिल्ममा काम गरेका छन् । उनले निर्माण गरेको पहिलो फिल्म चाहिं ‘ट्रक ड्राइभर’ हो । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech