‘दिमाग खराब’को सफलतापछि निश्चल बस्नेत एक्सन फिल्म बनाउँदै 

फिल्मी फण्डा ।  फिल्म ‘दिमाग खराब’को सफलता पछि निर्देशक निश्चल बस्नेतले नयाँ फिल्मको घोषणा गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले नयाँ एक्सन फिल्म निर्देशन गर्न लागेको घोषणा गरेका हुन् । 

उनले, दशैँ अगाडि नै नयाँ एक्सन फिल्म निर्देशन गर्ने उल्लेख गरेका छन् । फिल्मको बारेमा निश्चलले अरु केही पनि बताएका छैनन् । 

यो बर्ष भने निश्चलले फिल्म ‘बेहुली फ्रम मेघौली’मा काम गर्दैछन् । आकाश बरालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा निश्चलको साथमा नायिका स्वस्तिमा खड्काले काम गर्दैछिन् । यो फिल्ममा स्वस्तिमाको नै लगानी रहनेछ । 

निश्चलले फिल्म ‘लुट २’पछि ‘दिमाग खराब’को निर्देशन गर्नका लागि ७ बर्ष लगाएका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech