विल्सन विक्रमको ‘लाउरे एण्ड दाउरे’ विजय बराल अनुबन्धित

फिल्मी फण्डा । अभिनेता विल्सन विक्रम राईले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्धित भएका छन् । निर्देशक राईले सामाजिक संजाल मार्फत फिल्ममा बराल भित्रिएको जानकारी दिएका हुन् । विल्सनका अनुसार बरालको यो फिल्ममा अहिलेसम्मकै फरक भूमिका रहनेछ । 

फिल्मको मुख्य भूमिकामा यसअघि दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् । विजयको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप पनि बलियो बन्दै गइरहेको छ । फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री अन्य कलाकारको केही समयमा टुङगो लाग्ने निर्माण टिमले जनाएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech