सौगातदेखि प्रमोद अग्रहरीसम्म रहेको ‘अगस्त्य’मा नाजिरको ५ फरक गेटअप

फिल्मी फण्डा । फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ले  नायक नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोस्टर सार्वजनिक गरिएको छ । 

सार्वजनिक पोष्टरमा नाजिरको ५ फरक गेटअप प्रस्तुत गरिएको छ । नाजिरले फिल्ममा आफूलाई ५ फरक गेटअपमा प्रस्तुत गरेको बुझिन्छ । 

 डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ ।

फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech