चोखो प्रेममा पर्दै धिरज मगर र उपासना सिंह ठकुरी, ‘खुस्मा’को गरियो शुभसाइत 

फिल्मी फण्डा । नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहने फिल्म ‘खुस्मा’ को निर्माण घोषणा गरिएको छ । अशोक थापा मगरले निर्देशन गर्ने यो फिल्मलाई रुकुममा खिचिनेछ ।

फिल्ममा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकीको लगानी रहनेछ । यो फिल्ममा एस डी योगीको संगीत, दीपक बज्राचार्यको छायांकन रहनेछ । फिल्ममा अस्तित्व भट्टचन, खड्का बहादुर पुन, अरुण मगर लगायतका कलाकारको पनि अभिनय रहनेछ । एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मलाई गोविन्द शाहीले वितरण गर्नेछन् । 

फिल्मको शुभ साइत समारोहमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी उत्साहित देखिए । मिडियासँग कुरा गर्दै उपासनाले आफूले अहिलेसम्म काम गरेका फिल्म भन्दा विल्कुलै फरक कथामा यो फिल्म बन्न लागेको बताइन् । यस्तै, नायक धिरज मगरले पनि एउटा चोखो प्रेमकथामा यो फिल्म बन्न लागेको बताए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech