अनमोल र प्रदीपसँग डेब्यु गर्ने चाहना भएको नीति शाहको भाग्यमा रेयर राई 

फिल्मी फण्डा । अभिनेत्रीको रुपमा डेब्यु फिल्म ‘खजुरे ब्रो’ मा नीति शीर्ष भूमिकामा छिन् । डेब्यु गर्ने मामिलामा नीतिलाई निकै सकस भइरहेको थियो । यसैबीच उनले ‘खजुरे ब्रो’ मार्फत डेब्यु गर्न लागेकी हुन । डेब्युबारे पत्रकारसँग नीतिले भनिन्, ‘चाहना त अनमोल र प्रदीपसँगै डेब्यु गर्ने थियो । तर भाग्य रेयरसँग रहेछ ।’

यो फिल्ममा नीति र रेयर राईसहित महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल र विनिता थापाको पनि अभिनय हुनेछ । पहिलोपटक कमेडी फिल्ममा काम गर्न लागेको भन्दै महेशले खुसी व्यक्त गरे । सुरज सुनुवारले निर्देशन गर्ने फिल्मको छायांकन काठमाडौं, धरान र दार्जिलिङमा गरिने जनाइएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech