चार फिल्ममा जोडिदाँ पनि डेब्यु गर्न नसकेकी नीति  ‘खजुरे ब्रो’बाट अभिनयमा डेब्यु गर्दै

फिल्मी फण्डा । मोडल नीति शाहले फिल्म ‘खजुरे ब्रो’बाट अभिनयमा डेब्यु गर्ने भएकी छिन । फिल्मको छायांकन शुक्रबारदेखि सुरु भएको हो ।

केही अगाडिसम्म नीतिलाई फिल्म डेब्यु गर्न सकस भन्ने विषयका थुप्रै समाचार मिडियामा छाएका थिए । ४ फिल्म ‘हुतुतु’, ‘एक्स ९’, ‘कामिनो’ र ‘रावायण’मा जोडिदा पनि उनले डेब्यु गर्न सकेकी थिइन् । चार फिल्म सम्झौता गर्दा पनि कुनै बन्न सकेन ।

पाँचौ फिल्म ‘खजुरे ब्रो’ले भने उनलाई अभिनयमा डेब्यु गराएको छ । फिल्ममा नीतिको जोडी अभिनेता रेअर राई हुनेछन् । 

सुरज सुनुवारको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा महेश त्रिपाठी, नविन मानन्धरको पनि अभिनय रहनेछ ।  निर्देशक सुनुवार र नविन मानन्धरको संयुक्त निर्माण रहने फिल्मको काठमाडौं र धरानसँगै इटहरी र भारतस्थित दार्जलिङमा छायांकन गरिने जनाइएको छ । फिल्ममा अनमोल गुरुङको संगीत रहनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech