फिल्मी फण्डा । फिल्म ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले २० करोड भ्यूज पाएको छ । गीतले भ्यूज पाएको खुसीमा शब्द तथा संगीत भरेका राजनराज शिवाकोटीले गीतको पृष्ठभूमि खुलाएका छन् ।
उनले सन् २००८ को जनवरी १ को मध्यरातमा सिर्जना गरेको सार्वजनिक गरेका छन् । शिवाकोटीले गीतको प्रारम्भिक ड्राफ्ट कोरेको डायरीको पाना समेत सार्वजनिक गरेका छन् ।
६ वर्ष अगाडि युट्युबमा अपलोड गरिएको गीतले २० करोड भ्यूज पाएको हो । गीतमा शिवाकोटी र मेलिना राई तथा राजन इशानको आवाज छ । गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आशिफ शाह, बुद्धि तामाङलगायतका कलारको अभिनय छन् । असीम शाहले भिडियो निर्देशन गरेका छन् ।