को हुन भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि जितेका बिनोद राई ?

फिल्मी फण्डा । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्दै उनले उपाधि हुन् ।

 मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।

तीन हजार दर्शक अटाउने गोदावरीको खचाखच सनराइज हलमा तीन घण्टा लामो ग्राण्ड फिनाले चलेको थियो । फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिए । 

द भ्वाइस अफ नेपाल सिजन ५ को विजेता  बिनोद राई अहिले ३३ वरर्षका भए । उनी   इलाममा जन्मिएका हुन ।  उनले घर छाडेको दशक भयो । एसएलसीपछि म मेरो तरिकाले संघर्ष गर्छु भनेर अवसर खोज्दै उनी काठमाडौं खाल्डोमा भासिए । अनि सुरु भयो संघर्ष ।

 संगीतमा लाग्ने परिवारको पहिलो पुस्ता हुन् उनी ।  दशक लामो सांगीतिक यात्रामा विनोदले कति हैरानी खेपे, गनिसाध्य छैन । तर उनलाई थाहा थियो । । भ्वाइस माध्यम मात्रै हो । भ्वाइसपछि पनि संगीत र जीवन निरन्तर हुन्छ । उनी यहि विश्वासले गर्दा शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्दै उनले उपाधि जिते ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech