फिल्मी फण्डा। नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’ मा सार्वजनिक भएको छ ।
गायक मगरकै शब्द र सङ्गीत रहेको गीतको सार्वजनिक भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टी तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल)लगायतले अभिनय गरेका छन् ।
नेपट्युन इन्टरटेन्मेन्ट एलएलसी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अमेरिकाको मनोरम दृश्यलाई समेटिएको छ ।
आयोजित पत्रकार सम्मेलनमा गायक बुढाथोकी र मगरसहित निर्देशक शिशिर खाती, कलाकार सागर लम्सालसहित गायक दुर्गेश थापाको उपस्थिति थियो ।
सार्वजनिक भिडियोमा हेयर एण्ड मेकअप समिता श्रेष्ठ, कलर राजेन्द्र मोक्तान, सम्पादन मनोज कार्की, भीएफएक्स सन्तोष डिजाइन, निर्देशन र छायांकन शिशिर खातीले गरेका छन् । गीतलाई दिलाशा बस्नेतले निर्माण गरेका हुन् ।