‘नमेटिएको घाउ’ बाट निर्देशकमा डेब्यु गर्दै अभिनेता रमित ढुङ्गाना

फिल्मी फण्डा। अभिनेता रमित ढुङ्गाना निर्देशनमा डेब्यु गर्ने भएका छन् । एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको फिल्म ‘नमेटिएको घाउ’ बाट उनी निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

‘नमेटिएको घाउ’ को नाम यसअघि ‘मुस्कान’ राखिएको थियो । अभिनेता ढुङ्गाना स्वयंको निर्माण रहने फिल्ममा मुस्कानकै मुख्य भूमिका छ । एसिड आक्रमणपछिको दृश्यमा उनको अभिनय रहने जनाइएको छ ।

एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् । 

फिल्मको बुधवारबाट वर्कसप सुरु भएको छ । फिल्मको छायाङ्कन आगामी माघ १५ गतेबाट सुरु हुनेछ । 

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech