सन् २०२४ का प्रतीक्षित भारतीय फिल्म ऋतिकको ‘फाइटर’ र अल्लु अर्जुनको ‘पुष्पाः द रुल पार्ट २'

फिल्मी फण्डा । आईएमडीबीले सन् २०२४ का प्रतीक्षित २० भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसको शीर्षस्थानमा ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ छ ।

वेबसाइटमा बढी खोजिएका फिल्मको ट्रेन्डअनुसार आईएमडीबीको भारतीय संस्करणले यो सूची सार्वजनिक गरेको हो । आईएमडीबी फिल्मको तथ्यांक संकलन गर्ने विश्वकै ठूलो डेटाबेस प्लाटफर्म हो ।

सूचीको दोस्रो स्थानमा ‘पुष्पाः द रुल पार्ट २’, तेस्रोमा वेलकम टु द जंगल, चौथोमा सिंगम अगेन, पाँचौंमा ‘कल्की स् २९९८ एडी’, छैटौंमा ‘बाघिरा’, सातौंमा ‘हनुमान’, आठौंमा ‘बडे मियाँ छोटो मियाँ’, नवौंमा ‘कानगुभा’ र दशौंमा ‘देभाराः पार्ट वान’ छन् ।

सूचीको ११ औं स्थानमा ‘छावा’, १२ मा ‘गुन्तुर कारम’, १३ मा ‘मलाइकोताइ भलिवान’, १४ मा ‘मेरी क्रिसमस’, १५ मा ‘क्याप्टेन मिलर’, १६ औंमा ‘थंगालान’, १७ मा ‘इण्डियन २’, १८ मा ‘योद्धा’, १९ मा ‘मैं अटल हुँ’ र २० मा ‘जिग्रा’ छन् ।

यो सूचीमा ९ वटा हिन्दी र ५ तेलुगू भाषाका फिल्म समावेश छन् । चारवटा तमिल, मलयामल र कन्नड भाषाका एकएक फिल्म छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech