फिल्मी फण्डा। राजु गिरीको निर्देशन र कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘ईश्वर’को मुख्य भूमिकामा अभिनेता सुनिल थापा र पृथ्वीराज प्रसाईं अनुबन्धित भएका छन् ।
माघ २८ गतेदेखि फिल्म छायांकन हुने छ। फिल्ममा यसअघि नै शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गीता अधिकारी अनुबन्धित भइसकेका छन् ।
दिव्या कंगना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।