प्रदीप खड्काको ‘एक्टर’मा आना शर्मा अनुबन्धित, राजबल्लभ पनि कमब्याक गर्दै

फिल्मी फण्डा । प्रदीप खड्काको आगामी फिल्म ‘एक्टर’को शीर्ष नायिकामा आना शर्मा अनुबन्धित भएकी छन् । 

अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइराला पनि यस फिल्मबाट कमब्याक गर्दै छन । राजबल्लभका लागि निर्माताले २० दिनको छायांकन तालिका तय गरेका छन् । कोइरालाको पछिल्लो फिल्म ‘हे युवा’ सन् २०१५ मा रिलिज भएको थियो ।

वैशाख पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई आगामी तिहारमा प्रदर्शनको तयारी छ । फिल्ममा राजेश हमालले केमियो रोल गर्ने पक्का भएको छ ।

‘पण्डित बाजेको लौरी’पछि थमनको कम्पनी अदृत फिल्म्सको यो दोस्रो प्रोजेक्ट हुनेछ । यो फिल्मलाई राजन भुसालले निर्देशन गर्दैछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech