अभिनेता तथा लेखक जीवन थापाद्वारा  लिखित चलचित्र निर्माण हुने

फिल्मी फण्डा । थ्यान्क्यु सिनेमाको ब्यानरमा चलचित्र निर्माण हुने भएको छ । चलचित्रको नाम सार्वजनिक नभएपनि अहिले स्कृप्ट लेखनको कार्य धमाधम भइरहेको छ ।

 चलचित्रमा विशेषगरी रंगमञ्चमा काम गरेका कलाकारहरूलाई प्राथमिकता दिइने निर्माण पक्षले जनाएको छ । 

यसअघि एकमात्र कलाकार राखेर अन्तिमपाना चलचित्र निर्माण गरेका दिवाज राई किराँती नै चलचित्र निर्माण गर्न लागेका हुन् ।

चलचित्रको स्कृप्ट लेखन अभिनेता जीवन थापा क्षितिजले गरिरहेका छन् । अहिलेसम्म ५० प्रतिशत स्कृप्ट लेखनको कार्य सकिएको थापाले फिल्मी फण्डालाई बताए । 

क्षितिज विगत एक दशकदेखि रंगमञ्चसँगै चलचित्र लेखन निर्देशन र अभिनयमा सक्रिय छन् । 

चलचित्रको छायांकन आगामी भदौदेखि सुरू हुने छ । यसको छायांकन नेपालका विभिन्न स्थान तथा विदेशमा पनि हुने बताईएको छ । 

करिव तीन करोडको लगानीमा फिल्म निर्माण हुने छ । अहिले कलाकार र निर्देशकको भने टुङ्गो लागिसकेको छैन ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech