धनुष अभिनित ‘क्याप्टेन मिलर’को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । दक्षिण भारतीय अभिनेता धनुषको आगामी फिल्म ‘क्याप्टेन मिलर’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरले कथावस्तुबारे महत्वपूर्ण खुलासा गर्छ । यो फिल्म शुक्रबार नेपालमा पनि प्रदर्शन हुँदैछ ।

धनुषको चरित्रले आफ्नो गाउँ र खानीलाई अंग्र्रेज साम्राज्यबाट जोगाउन संघर्ष गरेको देखिन्छ । ट्रेलरको अन्त्यतिर गरिएको खुलासा अनुसार उनी बेलायती सेनाको लागि काम गर्ने सिपाही थिए र क्याप्टेन मिलर भनेर परिचित थिए ।

भारतीय सेन्सर बोर्डले फिल्मभित्र अधिक हिंसा भएपछि ४० प्रतिशत त्यस्ता दृश्य घटाउन निर्देशन दिएको थियो । साथै, बेलायतविरुद्ध प्रयोग गरिएका अपमानजनक शब्द हटाउन पनि सेन्सरले भनेको छ ।

अरुण माथेश्वरनद्वारा निर्देशित ‘क्याप्टेन मिलर’मा प्रियंका अरुल मोहन, शिवराज कुमार, निवेदिता सतीश, विनायकन, र सन्दीप किशन मुख्य भूमिकामा छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech