ज्योती मगर उफ्रिएर स्टेज नै दुलो परेपछि सामाजिक संजाल तरंगित 

फिल्मी फण्डा। सामाजिक सञ्जालमा यतिबेला गायिका ज्योति मगरको चर्चा छ । चर्चा हुनुको कारण भने  गतसाता इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा भएको घटनाको हो ।  ।

गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा दुलो परेर त्यसमा खसेको भिडियो भाइरल बनेको हो । ज्योति खसेपछि उनी स्टेजमा ढलेको दृश्य भिडियोमा देखिन्छ ।

यो घटनालाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले आयोजकप्रति आक्रोश पोखिरहेका छन् । पुस १५ गतेदेखि २० गतेसम्म महोत्सव आयोजना भएको थियो । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech