फिल्मी फण्डा। अभिनेता अनुपविक्रम शाहीले बलिउड अभिनेता ऋतिक रोशनसँग भेट गरेका छन । उनीहरुबीच भारतको मुम्बईमा भेटघाट भएको हो ।
सोमबार बेलुका ऋतिकसँगको ‘क्यान्डिड’ फोटो सेयर गर्दै अनुपले ‘लिजेन्ड्री मोमेन्ट्स’ भन्दै लेखेका छन् । फोटोमा यी दुईजनाले अनौपचारिक गफगाफ गरिरहेको देख्न सकिन्छ ।
यी दुईजनाको भेट फिल्मको कारणले नभै, एक व्यवसायिक उत्पादनको प्रवद्र्धनको सिलसिलामा भएको हो । अनुप र ऋतिक दुबैजना पेय पदार्थ माउण्टेन डिउका ब्राण्ड एम्बेसडर हुन् ।
अनुपले ऋतिकसँगको भेटको फोटाको क्याप्सनमा समेत सो कुरा उल्लेख गरेका छन् । ‘लेट्स डिउ इट्’ अनुपले लेखेका छन् ।