पूर्वमिस नेपाल अश्मी श्रेष्ठले प्रेमी शशाङ्कसँग गरिन् इन्गेजमेन्ट 

फिल्मी फण्डा  । पूर्वमिस नेपाल अश्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले आफ्नो प्रेमी शशाङ्क लाल श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।

अश्मीले सामाजिक सञ्जाल इन्सटाग्राममा एक भिडियो सेयर गर्दै आफूले प्रेमी शशाङ्कको प्रस्ताव स्वीकार गरेको जानकारी दिएकी छन् । शशाङ्क अमेरिकामा बस्दै आएका छन् ।

अश्मीले सन् २०१६ मा मिस नेपालको उपाधि जितेकी थिइन् । उनी त्यसयता मोडलिङ र म्युजिक भिडियोमा सक्रिय रहेकी छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech