फिल्मी फण्डा । अभिनेता विराज भट्टले गत साता आफ्नै निर्माण र निर्देशन रहने एक्सन फिल्म ‘बाह्र गाउँ’को घोषणा गरेका थिए । त्यस्तै विराजले सन्तोष सेनको फिल्म ‘बलिदान’ खेल्ने पनि चर्चा चलिरहेको छ ।
यसैबीच विराज र दक्षिण भारतीय स्टार विजय सेतुपतिबीच भेट भएको छ । प्राप्त तस्वीरमा यी दुवै अभिनेता खुशि देखिन्छन ।
विराज भट्टले गत साता फिल्म ‘बाह्र गाउँ’ निमार्ण र निर्देशन गर्ने घोषणा गर्नु र लगतै दक्षिण भारतीय स्टार विजय सेतुपतिलाई भेटेको तस्विर बाहिरिनुले के सेतुपति विराजको फिल्ममा खेल्न लागेको हुन त भेन्न जिज्ञासा सबैमा जागेको छ । विराज र विजय सेतुपतिबीचको यो भेटघाटबारे वास्तविकता विस्तारै खुल्ला नै।