फिल्मी फण्डा । अभिनेता सलमान खानको चर्चाको बिषय फिल्म ‘द बुल’ बनेको छ । जसको छायाङ्कन छिट्टै सुरु हुँदैछ ।
फिल्ममा सलमान नयाँ लुक्समा देखिनेछन् । जसका लागि उनी अहिले विभिन्न प्रयोग गरिरहेका छन् । आफ्नो हरेक फिल्ममा अलग अलग लुक्समा देखिँदै आएका उनी यो फिल्मको लुक्सका लागि पनि मिहिनेत गरिरहेका छन् ।
केही अगाडि फिल्म ‘द बुल’ का लागि तौल घटाउँदै सलमान भनेर समाचार आएको थियो । फिल्ममा लुक्स परिवर्तन गर्न उनी फरक फरक योग अभ्यास समेत गरिरहेको चर्चा छ । जसका लागि विभिन्न फरक ट्रेनिङ समेत लिइरहेका छन् ।
फिल्म ‘द बुल’ विष्णु वर्धनले निर्देशन गर्न लागेका हुन् । वर्धनले यस अगाडि सुपरहिट फिल्म ‘शेरशाह’ निर्देशन गरेका थिए । समाचारका अनुसार पहिले यो फिल्म अन्य प्रोडक्सन हाउसले निर्माण गर्न लागेको थियो । जसमा शाहिद कपुर रहने चर्चा थियो । अहिले फिल्मको निर्माण धर्मा प्रोडक्सनले गर्दैछ । जसमा सलमान मुख्य भूमिकामा रहनेछन् ।
सलमान एक्सन हिरोको रूपमा चिनिएका छन् । ‘द बुल’मा पनि उनी एक्सन भूमिकामै देखिनेछन् ।