फिल्मी फण्डा । सनी देओल बलिउडका पार्टीहरूमा हत्तपत्त जाँदैनन् । हालै मात्र सनीले आफ्नो निजी जीवनबारे कयौँ कुराकानी शेयर गरेका छन् । बलिउड इन्डष्ट्रिजमा धेरैले उनलाई घमन्डी भन्छन् । यसबारे पनि उनले कुरा गरेका थिए ।
सनी देओल बिहान चाँडै उठ्छन् । मान्छेहरूसँग प्रत्यक्ष भेटघाट गर्न उनलाई मन पर्छ । घरबाहिर निस्किएको बेलामा उनी आफ्नो फ्यान र साथीभाइहरूसँग भेटघाट गर्न रुचाउँछन् ।
प्रमोशनल इभेन्ट पनि मन पर्दैन
सनी देओल भन्छन् कि उनलाई बलिउडको पार्टी मात्रै होइन, फिल्म रिलिजको बेलामा हुने प्रमोशनल कार्यक्रम पनि मनै पर्दैन । मान्छेहरूले आफूलाई घमन्डी भनेपनि वास्तवमा उनलाई थाहा छ आफ्नो कामलाई महत्त्व कसरी दिने भनेर । कुराकानीमा सनीले रणवीर कपूर र बबी देओलको फिल्म एनिमलबारे पनि कुराकानी गरेका थिए । फिल्मको क्लाइमेक्स सिन हेर्न नसकेर उनी सिटबाट उठेर बाहिर गएका थिए । गदर–२ को सफलतापछि सनीले रणवीर कपुरको रामायणमा हनुमानको भूमिका गर्न सक्ने खबरहरू आइरहेका छन् ।