अक्षय कुमारको २०२४ मा ७ फिल्म आउँदै

फिल्मी फण्डा ।  अक्षय कुमार आगामी वर्षलाई विशेष बनाउने तयारी गरिरहेका छन् । यो वर्ष उनको ७ वटा फिल्म आउँदै छ । जसमा कमेडी, एक्सन र रियल लाइफ स्टोरीमा आधारित फिल्म छन् । वर्षको सुरुमा ‘वेदात मराठे वीर दौडले सात’ रिलिज हुँदै छ । यो फिल्म यही वर्ष दिवालीमा रिलिज हुनेवाला थियो । तर सलमान खानको टाइगर ३ का कारण फिल्मको रिलिज रोकियो । यो फिल्मका निर्देशक महेश मांजरेकर हुन् । 

सूर्या स्टारर ‘सोररई पोट्टरु’को हिन्दी रिमेक पनि २०२४ मा रिलिज हुँदै छ । फिल्मको पोष्ट प्रडक्शनको काम भइरहेको छ । सूर्याको फिल्मलाई दर्शकहरूले निकै मन पराएका छन् । यो रियल लाइफ स्टोरीमा आधारित फिल्म हो । ‘बडे मिया छोटे मिया’ वैशाखी वा ईदमा रिलिज हुनेछ । फिल्ममा अक्षय कुमारको साथमा टाइगर श्राफ पनि लिड रोलमा छन् । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका थिए । यसको बजेट ३०० करोड भारु भएको बताइएको छ । यो हाई–एक्सन फिल्म हो । 

रोहित शेट्टीको निर्देशनमा बनेका ‘सिंघम अगेन’मा अक्षय कुमार पनि छन् । यो रोहितको कप युनिभर्सको ५औँ फ्रेन्चाइजी हो । अक्षयको सूर्यवंशीमा अजय र रणवीर सिंहले धमाकेदार एन्ट्री गरेका थिए । सिंघम अगेनमा अक्षय सूर्यवंशीको भूमिकामा देखिनेछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech