नीताको फिल्म खेल्न काठमाडौं आइपुगे ‘गजिनी’ भिलेन

फिल्मी फण्डा । नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा अभिनय गर्न चर्चित भारतीय अभिनेता प्रदीप रावत शुक्रबार काठमाडौं आइपुगेका छन् । 

चितवनमा छायांकन भइरहेको फिल्मको सेटमा रावत सहभागी हुनेछन् । अभिनेत्री नीता ढुंगानाले निर्माण गरिरहेको फिल्ममा रावतले नीताको बुवाको भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा रावतको भूमिका लामै रहेको बताइएको छ ।

तमिल र तेलुगू फिल्ममा समेत अभिनय गरेका रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले सरफरोस, लगान, गजिनीमा खलपात्रको भूमिकामा समेत अभिनय गरेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech