फिल्म ‘हात्तीछाप’ को ‘मायालु’ बोलको गीतमा दयाहाङ र उपासनाको माया(भिडियोसहित)

फिल्मी फण्डा ।  फिल्म ‘हात्तीछाप’ को ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ । गितमा फिल्मभित्र उपासना र दयाबिच फैलिएको मायालाई देखाएको छ । भिडियोका कानेरियोग्राफर रामजी लामिछाने हुन् ।

फिल्ममा दयाहाङ र उपासनको अलवा सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला लगायतका कलाकारको अभिनय छ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्म माघको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्धाजको लेखन, देव महर्जनको एक्सन, सुशन प्रजापतिको छायाङ्कन छ । रोहित कट्टेलले नेपालमा यो फिल्मको वितरण गर्नेछन् भने एमएसएम पोस्ट प्रोडक्शनले ओभरसिजमा फिल्मको वितरण गर्नेछ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रूपमा छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech