फिल्म ‘डिग्री माइला’ को क्यारेक्टर पोस्टरमा अहिलेसम्मकै भिन्न गेटअफमा दयाहाङ राई 

फिल्मी फण्डा । नयाँ वर्षमा रिलिज हुन लागेको फिल्म ‘डिग्री माइला’मा दयाहाङ राईको मुख्य भूमिका रहेको छ ।  फिल्म बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्ले सुष्मा प्रोडक्शनसँग सहकार्य गर्दै निर्माण गरेको हो ।

निर्माण युनिटले फिल्मको एक क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै प्रचार समेत थालेको छ । क्यारेक्टर पोस्टरमा अभिनेता दायाहाङ राई देखिएका छन् । जसमा उनको गेटअफ अहिलेसम्मकै भिन्न छ । 

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङको अलवा आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय रहेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech