'एनिमल' सुपरहिट भएपछि सार्वजनिक गरे रणवीर र आलियाले आफ्नी छोरीको अनुहार

फिल्मी फण्डा । राहा कपुर आउँदो नोभेम्बर ६ मा उनी एक वर्ष पुग्दैछिन् । यस्तोमा क्रिसमसको मौका पारेर रणवीर र आलियाले छोरी राहाको अनुहार विश्वसामु सार्वजनिक गरे । जन्मिएदेखि नै उनीहरुले राहाको अनुहार सार्वजनिक गरेका थिएनन् । राहाको झलकको तस्वीर इन्टरनेटमा भाइरल बनेको छ ।

मुम्बईस्थित कुनाल कपुरको घरमा आयोजना गरिएको क्रिसमस जमघटमा रणवीर र आलिया पनि पुगेका थिए । पहिलोपटक राहाका बाबुआमाले पापाराजीलाई छोरीको फोटो खिच्न अनुमति दिए ।

बुवा रणवीरको अँगालोमा बाँधिएकी राहा निकै क्युट देखिएकी थिइन् । राहाले सेतो र गुलाबी फ्रक लगाएकी थिइन् । उनको कपाल पिंक कलरको क्लिपले बाँधिएको थियो ।

आलियाले सान्ता हेडब्यान्डको साथ कालो र रातो फ्लोरल प्रिन्टेड ड्रेस लगाएकी थिइन् । रणवीरले कालो टिसर्ट, जिन्स र ज्याकेट लगाएका थिए । उनले छोरी राहालाई काखमा बोकेका थिए । कफी विथ करण ८ मा आलियाले राहाको बारेमा आफू सुरक्षात्मक रहेको र इन्टरनेटमा छोरीका तस्वीर लिक हुन नदिने बताएकी थिइन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech