फिल्मी फण्डा। दिनेश राउतको निर्देशन रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा अभिनेताको रुपमा दयाहाङ राई र आर्यन सिग्देल फाइनल भएका छन् ।
दयाहाङ र आर्यनले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’ मा काम गरेका थिए । यी दुईबीच दोस्रो पटक गृहकार्य हुन लागेको हो ।
फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने वुझिएको छ ।
फिल्मका अन्य कलाकारहरुको घोषणा विस्तारै गरिने निर्माण पक्षले जनाएको छ । फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले लिएको छ । फिल्मको छायांकन आउँदो वर्षको जेठबाट सुरु हुनेछ ।