दयाहाङ र बुद्धि तामाङलाई  लिएर विल्सन विक्रम राई(तक्मे बुढा)ले  ‘लाहुरे एण्ड दाउरे’बाट निर्देशनमा डेब्यू गर्दै 

फिल्मी फण्डा । विल्सन विक्रम राईले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् ।

विल्सन विक्रम राईले फिल्मी फण्डासँग कुराकानी गर्दै नायक दयाहाङ राई र बुद्धि तामाङलाई लिएर नयाँ फिल्म बनाउन लागेको बताए ।  उनले आफ्नै लेखन र अभिनय पनि रहने गरि फिल्म ‘लाहुरे एण्ड दाउरे’ निर्देशन गर्न लागेको घोषणा गरे । 

यो फिल्मको छायांकन अर्को बर्ष मात्र सुरु हुनेछ । यो फिल्मलाई कमेडी तथा लभ स्टोरी कथामा निर्माण गरिने उनको भनाई छ ।  तक्मे प्रोडक्शनले यो फिल्मको निर्माण गर्ने छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech