‘तुझसे नाराज नही जिन्दगी’ का गायक अनुप घोषालको निधन

फिल्मी फण्डा। बंगाली गायक अनुप घोषालको ७७ वर्षको उमेरमा डिसेम्बर १५ शुक्रबार निधन भएको छ । उनको मृत्युको कारण मल्टिपल अर्गन फेल भएको बताइएको छ । अनुपले तुझसे नाराज नही जिन्दगी जस्ता हिट गीतमा आफ्नो स्वर दिएका थिए ।पीटीआई रिपोर्टका अनुसार अनुप घोषाललाई उमेर सम्बन्धी रोगका कारण पछिल्लो केही दिनदेखि दक्षिण कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। उनले शुक्रबार दिउँसो १ः४० बजे अन्तिम श्वास लिए ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अनुप घोषालको निधनमा शोक व्यक्त गरेकी छन् । उनले भनिन्, ‘बंगाली, हिन्दी र अन्य भाषामा गीत गाउने अनुप घोषालको निधनमा गहिरो दुःख र समवेदना व्यक्त गर्दछु ।’अनुप घोषालको जन्म सन् १९४४ वा १९४५ मा कोलकातामा अमुल्य चन्द्र घोषाल र लबन्या घोषालको घरमा भएको थियो। उनको आमाले उनलाई ४ वर्षको उमेरदेखि नै गीत गाउन प्रोत्साहन दिएकी थिइन् ।

सानै उमेरमा उनी अल इन्डिया रेडियोको शिशु महल कार्यक्रममा सामेल भए। पढाइसँगै सङ्गीतको शिक्षा पनि जारी राखे । त्यसपछि कलेज पढ्दै गर्दा उनले अन्तर-कलेज प्रतियोगितामा भाग लिन थाले। यसरी मानिसहरू उनको सङ्गीत कलासँग जोडिन थाले।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech