फिल्मी फण्डा । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार प्रभासको आगामी फिल्म सालार डिसेम्बर २२ मा रिलिज हुँदैछ । २ घण्टा ५५ मिनेटको रन टाइम रहेको यो फिल्मलाई भारतको सेन्सर बोर्डले ‘ए’ (एडल्ट मात्र) सर्टिफिकेट दिएको छ । फिल्ममा कुटपिट र रक्तरञ्जितका दृश्यहरू भरपुर छन् । त्यसैले पनि फिल्मलाई ए प्रमाणपत्र दिइएको हो ।
हालै मात्र फिल्मको ट्रेलर रिलिज भएको थियो । ट्रेलरले फिल्ममा कस्ता एक्सन सिक्वेन्स देख्न पाइएला भन्ने झल्को दिएको छ । फिल्मको निर्देशन केजीएफ फ्रेन्चाइजीका निर्देशक प्रशान्त नीलले गरेका छन् । सालारको एक्सन केजीएफको भन्दा पनि माथिल्लो स्तरको हुने बताइएको छ । सालारको ट्रेलर डिसेम्बर १ मा रिलिज भएको थियो । ५ भाषाा रिलिज भएको ट्रेलरलाई २४ घन्टामा ११ करोड ६० लाख पटक हेरिएको थियो ।