‘जम्प’ प्रिमियर : फरक शैलीको फिल्म रहेको कलाकर्मीको प्रतिक्रिया

फिल्मी फण्डा । आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जम्प’ प्रिमियर गरिएको छ । आइतबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा  सञ्चारकर्मी तथा फिल्मकर्मीको सहभागिता रहेको थियो । प्रिमियरमा सहभागी धेरैले जम्पमार्फत भिन्न शैलीको फिल्म हेर्न पाएको प्रतिक्रिया दिए ।

प्रिमियरमा निर्देशक सुवर्ण थापा, कृषा चौलागाई, कलाकार प्रशान्त ताम्राकार, अशान्त शर्मा, दिब्यदेव पन्त, लेखक प्रदिप भारद्वाज लगायत सहभागी थिए । आशुतोषध्वज कार्कीको निर्देशन रहेको ‘जम्प’ ले एउटा एथ्लेटिक्स खेलाडीको कथा पेस गर्छ ।

जीवनमा सफलताको खोजी रहेको प्रमुख पात्रले सो पाउनका लागि दैवी शक्तिको सहारा लिएपछि आउने उतार चढावको कथामा फिल्म बनेको हो ।सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल कँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय फिल्ममा छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech