भुटानीहरूको देशप्रेम र जीवनयात्राको कथा समेटेर बुलबुल निर्देशकले अमेरिकामा ‘भूठान’बनाउने

फिल्मी फण्डा । सन् २०१९ मा पहिलो चलचित्र बुलबुल निर्देशन गरेर ९२ औँ अस्कर अवार्डमा नेपालको तर्फबाट मनोनीत एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले नयाँ चलचित्रको पोस्टर र नाम सार्वजनिक गरेका छन् । 


नेपालीमा ‘भूठान’ र अंग्रेजीमा‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्य साथै  दयाहाङ राई, अनुराधा मजुमदार, पूजाचन्द, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन तथा विमल सुवेदी अनुवन्धित भएका छन् । 


यो चलचित्रमा हलिउडका एक नामुद कलाकारलाई पनि अनुवन्ध गर्न लागिएको छ । 


भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा  बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको यस चलचित्र भूठान  सन् २०१९ मा वुसान फिल्म फेस्टिबलको स्कृप्ट पिचिङ्गमा  समेत छानिएको थियो । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech