दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’

फिल्मी फण्डा । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको फिल्म हो ‘दयारानी’ । फिल्म अभिनेता अभिनेता माओत्से गुरुङले निर्देशन गरेका हुन् ।आगामी माघ २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मको सेभेन सिज इन्टरटेनमेन्टले अन्तराष्ट्रिय अधिकार खरिद गरेको छ । निर्माण कम्पनी बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच बुधबार अन्तर्राष्ट्रिय अधिकारको विषयमा सम्झौता भयो ।

दयाहाङ र दियाका अलावा विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको हो । कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्म नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस्ले वितरण गर्नेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech