चलचित्र ‘रंगेली’को ‘भगवान् दादा’को पोस्टर सार्वजनिक

फिल्मी फण्डा । नेपाली चलचित्र ‘रंगेली’को नयाँ क्यारेक्टर ‘भगवान् दादा’को पोस्टर सार्वजनिक गरिएको छ। अभिनेता अर्पण थापा ‘रंगेली’ मा ‘भगवान् दादा’को रूपमा देखिएका छन् ।

यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्रअनुसारका पोस्टर सार्वजनिक गरिएको थियो। ‘रंगेली’मा अर्पण, दयाहाङ र मिरुनाको साथमा प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका रहेको छ। चलचित्र आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुँदैछ।

 चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech