‘हिमालय रोडिज सिजन ५’को विजेता बने सञ्जिप राई

फिल्मी फण्डा । ‘हिमालय रोडिज सिजन ५’को विजेता सञ्जिप राई र उपविजेता  विश्व मगर उपविजेता भएका छन् । विजेता बनेका राईले १० लाख नगदका साथै मोटरसाइकल र उपविजेता मगरले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । 

हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालसहित कार्यक्रमका प्रायोजकहरुले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।  शोमा र्‍यापर लाउरेसहित अभिनेता अनुपविक्रम शाही, अभिनेत्रीद्वय दीया मास्के र प्रियंका कार्की ग्याङ लिडरको रूपमा थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech